काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग अरु पार्टीको तुलना गर्न नमिल्ने टिप्पणी गरेका छन् ।
बुधबार बागमती प्रदेश कमिटीले आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेसँग मात्रै राजनीतिक गन्तव्य रहेको बताउँदै अन्य पार्टीले तुलना गर्न नहुने बताए ।
‘एमालेको तुलना अन्य पार्टीसँग हुनै सक्दैन। एमालेसँग मात्रै गन्तव्य छ। अरू कुनै पार्टीसँग छैन।’ बैठकलाई सम्बोधन गर्दै ओलीले भने । नेपालले निर्माण गरेको एकीकृत समाजवादीको कुनै गन्तव्य नभएको टिप्पणी गर्दै ओलीले त्यस्तो आरोप लगाएका हुन् ।
त्यसैगरी एमालेबाट टुक्रिएर एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपालले एमालेलाई सिध्याउँन लागिपरेको आरोप समेत लगाएका छन् ।
‘माधव नेपालको गुटको गन्तव्य नेकपा एमालेलाई सिध्याएर प्रतिक्रियावादीहरूलाई बलियो बनाउने हो। त्यो पनि गन्तव्य हो र ? त्यो त विनाश हो। विनाशलाई गन्तव्य भनिँदैन। जुन बिलकुल असम्भव छ,’ अध्यक्ष ओलीले भने ।
बैठकलाई सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनको एकमात्रै ध्यान चुनावसम्म साँठगाँठ गर्ने रहेको टिप्पणी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया