काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमण, दुई लडाकूसहित ६ जना घाइते

लोकपथ
585
Shares
epaselect epa09407028 Pakistani security officials stand guard as people stranded at the Pakistani-Afghan border wait for its reopening after it was closed by the Taliban who have taken over the control of the Afghan side of the border at Chaman, Pakistan, 09 August 2021. Taliban’s shadow governor for Kandahar province on 05 August issued a statement that announced the closing down of the border with Pakistan at Chaman, and said Islamabad should relax rules for crossing the frontier. EPA/AKHTER GULFAM

काबुल । बुधवार अफगानिस्तानको राजधानी काबुलमा तालिबानको सवारीसाधनलक्षित ग्रेनेड आक्रमणमा भएको छ । आक्रमणमा परी दुई लडाकू र चार जना विद्यालयका बालबालिका घाइते भएका छन् । अपराधीहरुको खोज र अनुसन्धान सुरु गरिएको तालिबान आन्तरिक मन्त्रालयका प्रवक्ता कारी सईद खोस्तीले एएफपीलाई बताएका छन् ।

प्रारम्भिक समाचारमा चार जना विद्यालयमा विद्यार्थी घाइते भएका अर्का एक अधिकारीले जानकारी दिएका थिए । एक प्रत्यक्षदर्शीले एएफपीलाई भने, स्थानीय समयानुसार बुधबार बिहान ८ बजे काबुलको पश्चिम भागमा रहेको देह मझाङ जिल्लामा अत्यन्त व्यस्त समयमा सो विस्फोट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?