महिला क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु

लोकपथ
208
Shares

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको अन्तिम चरणको बन्द प्रशिक्षण आज बुधबार सुरु भएको छ ।आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमले बुधबारबाट तयारी थालेको हो ।

नेपाली टोलीले मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा तयारी थालेको हो । युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?