एमालेले बोलायो स्थायी कमिटी बैठक, के-के छन् एजेण्डाहरु ?

लोकपथ
91
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आह्वान गरेको छ । विभिन्न एजेण्डाहरुसहित बिहीबार (भोलि) दिउँसो ३ बजे स्थायी कमिटी बैठक आह्वान गरेको हो ।

बैठकमा विधान महाधिवेशनको समिक्षा, आगामी अधिवेशनबारे छलफल, राष्ट्रिय महाधिवेशन लगायतका विषयमा छलफल हुने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

यी हुन् एजेण्डाहरु 

१. विधान महाधिवेशन समिक्षा

२. वडा अधिवेशन कार्तिक ६ गते सम्बन्धमा

३. पालिका अधिवेशन कार्तिक ९ सम्बन्धनमा

४. राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेश

५. हालै भएको अविरल वर्षाका कारण भएको जनधनको क्षती सम्बन्धमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?