काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।
बाढी पहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएपछि आवश्यक उद्धार, पीडितलाई राहत रमृतकका परिवारलाई क्षतिपूर्ति दिनेबारेमा छलफल गर्न आकस्मिक बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द परीयारले लोकपथलाई जानकारी दिए ।
बोलाइएको आकस्मिक बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने छ । आइतबारदेखिको अविरल वर्षाका कारण गएको बाढी–पहिरोबाट देशभर ४८ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया