सार्वजनिक सवारीको भाडामा अनियमितता : यात्रुको गुनासोपछि फिल्डमा खटिए देवकोटा

लोकपथ
3.5k
Shares

काठमाडौं । बडादशैँको आज अन्तिम दिन हो । प्रत्येक वर्ष नेपालमा चाडपर्वको बेलामा सवारी साधनमा जथाभावी भाडा उठाने गुनासो यात्रुहरुले गर्ने गरेका छन् ।

यात्रुहरुको गुनासोलाई मध्यनजर गर्दै ट्राफिक महाशाखाले चाडपर्व लक्षित योजनाहरु ल्याएको थियो । विभिन्न ठाँउमा प्रहरीले हेल्प डेस्क र चेकजाँचमा कडाइ गर्दै आएको छ ।

यसैबीच महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले आफ्ना मातहतका विभिन्न क्षेत्रमा सवारीमा चेकजाँच गरेको छ ।

यात्रुहरुले सवारी भाडामा अनियमितता भएको गुनासो गरेपछि प्रहरी प्रभाग कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक राम कृष्ण देभकोटा आफै सवारी साधनमा भाडामा हुने अनियमितता गर्नेहरुलाई कारवाही गर्न फिल्डमा खटिएका छन् ।

“ठाँउ ठाँउबाट यात्रुहरुको गुनासो आएपछि हाम्रो टोली खटिएका हौं । सवारी भाडादरमा अनियमितता गर्नेसबैलाई कारवाही गर्छौं ।” प्रहरी निरीक्षक देवकोटाले लोकपथसँग भने ।

सधै सडकमा खटिने ट्राफिक प्रहरीले कारबाही मात्र नभई कोरोना जोखिमलाई मध्यनजर गर्दै सचेतना नियम पालना गराउन लागि परेको छ । कोरोनासँग सम्बन्धित सचेतना लेखिएका प्लेकार्ड लिएर सडकका चोक चोकमा देखिन्छन् ।

प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, सवारी साधनमा सामाजिक दुरी कायम गरौँ, जथाभाबी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?