बाढीले जीप बगाउँदा ३ जनाको ज्यान गयो

बझाङ – बझाङ जिल्लाको झोताबाट चैनपुरतर्फ आउँदै गरेको से १ ज ८२० नम्बरको जीप बाढीले बगाउँदा ३ जनाको मृत्यु भएको छ ।

चैनपुर आउँदै गरेको जीप जयपृथ्वी नगरपालिका – ७ सुवेडाको चौठा खोलामा एकाएक आएको बाढीले बगाएको थियो । जीपलाई खोलाले बगाएर लगभग ५० मिटर तल खोंचमा पु–याएको प्रहरीले जनाएको छ ।

बझाङका प्रहरी प्रमुख डीएसपी ऋषिराम कँडेलले दिएको जानकारी अनुसार जीप अप्ठ्यारो खोँचमा पुरिएको अवस्थामा भेटिएको हो । जीपमा भएका यात्रुको उद्दार कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

मृतक ३ जनालाई अस्पताल लगिएको छ भने कति जना यात्रु सवार थिए भन्ने अझै थाहा हुन नसकेको बताइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?