बाढी पहिरो र डुबान : घाइतेहरुको निशुल्क उपचारको व्यवस्था गर्न प्रचण्डको माग

लोकपथ
208
Shares

काठमाडौं । सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी पहिरो र डुबानबाट घाइतेहरुको निशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले बाढी पहिरोबाट मारमा परेका किसानहरुलाई क्षतिपूर्ती र राहतको व्यवस्था मिलाउन समेत आग्रह गरेका छन् ।
‘बाढीपहिरोमा फसेकाहरुको उद्दार र राहत, घाइतेहरुको निशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बाढी पहिरोबाट सबैभन्दा बढी मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन पनि म ससरकारसँग जोडदार माग गर्दछु ।’

विगत केहिदिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी पहिरो र डुबानबाट ३० जना भन्दा बढीको ज्यान गइसकेको छ । भने भित्र्याउन लागिएको कृषि उपजमा नराम्रो असर परिरहेको छ ।

विपद्बाट ज्यान ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली साथै बेपत्ता भएकाहरुको यथाशीघ्र खोजि गर्न समेत सरकारसँग माग गरेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?