माछा मार्न जाँदा फसेका ३ जनाको लालमटिया टापुबाट सकुशल उद्धार

लोकपथ
742
Shares

कैलाली । कैलालीमा माछा मार्न गएका ३ जना २ दिन पछि बुधबार सकुशल उद्धार गरिएको छ ।

कार्तिक १ गते दिउसो ४ बजे माछा मार्न भनि कर्णाली नदिमा गई सम्पर्कविहीन भएका जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा न. ३ ढुङ्गे बजारका खडक बहादुर घर्ति मगर, बिक्रम घर्ती मगर र खडक डाला मगरको आज स्थानीयहरुको टोलीले जिल्ला कैलाली जानकी गाउँपालिका वडा न. ०९ र बर्दिया जिल्लाको बिचमा पर्ने कर्णाली नदिको लालमटिया टापुमा तिनै जनालाई सकुशल फेला पारी उद्धार गरिएको ईलाका प्रहरी कार्यालय चिसापनीले जनाएको छ ।

विगत केहिदिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?