ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुशपछि सेयर बजारमा हरियाली

लोकपथ
130
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदरको सीमा निर्धारण गरेसँगै सेयर बजारले गति लिएको छ । राष्ट्र बैंकले जारी गरेको ३ बुँदे एकीकृत निर्देशनसँगै सेयर बजारमा रौनकता देखिएको हो ।

आज (बुधबार) बजार खुलेको आधा घण्टा बित्दा सेयर कारोबार मापक नेप्से परिसूचक ५७.३५ अंकले बढेर २५६८.४५ बिन्दुमा पुगेको छ । यता, सेन्सेटिभ परिसूचक ११.२५ अंकले बढ्यो ४८३.२० बिन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म १८९ कम्पनीको १२ लाख ५३ हजार ८०५ कित्ता सेयर खरिदबिक्री हुँदा ६६ करोड ३५ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भइसकेको छ ।

कुल १३ उपसमूहमा १३ वटै समूहको सेयर मूल्य बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?