च्याम्पियन्स लिग : लिभरपुलसँग एट्लेटिको मड्रिड पराजित

लोकपथ
208
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ । समूह चरण अन्तर्गत मंगलबार राति लिभरपुलले एट्लेटिकोलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको आठौं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा नेबी केईटाले गोल गर्दै लिभरपुलको अग्रता २-० को बनाए ।

खेलको २० औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई २-१ को स्थितिमा ल्याए । ३४ औं मिनेटमा ग्रीजम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई २-२ को बराबरीमा फर्काएका थिए ।

Image

खेलको ५२ औं मिनेटमा ग्रीजम्यानले रातो कार्ड पाएपछि घरेलु टिम १० खेलाडीमा समेटिएको थियो । खेलको ७८ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।

यससँगै लिभरपुलले लगातार तेस्रो जित निकालेको छ । समूह बी को शीर्ष स्थानको लिभरपुलले ३ खेलमा ९ अंक जोडेको छ ।

एट्लेटिको ३ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?