मेस्सीको दुई गोलमा पीएसजी विजयी

लोकपथ
390
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेको छ ।मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए ।

२८ औं मिनेटमा सिल्भाले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं मिनेटमा नोर्डीले गोल गर्दै लाइपजिगलाई २-१ को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-२ गोलको बराबरीमा ल्याए । खेलको ७४ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३-२ को जित दिलाए ।

Image

जितसँगै समूह ए को पीएसजीले ३ खेलमा ७ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको लाइपजिग अंक विहीन रही पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?