टी-ट्वान्टी विश्वकप : पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबिया भिड्दै

लोकपथ
247
Shares

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई खेलहरु हुँदैछन् । ओमान र युएईमा जारी विश्वकपको पहिलो चरण अन्तर्गत बुधबार नेदरल्यान्ड्स र नामिबिया र श्रीलंका र आयरल्यान्ड भिड्नेछन् ।

समूह ‘ए’ अन्तर्गतको आबुधाबीस्थित शेख जायद स्टेडियममा हुने पहिलो खेलमा नेदरल्यान्ड्स र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टिमबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

यस्तै दोस्रो खेलमा श्रीलंका र आयरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेल राति ७:४५ बजे सुरु हुनेछ ।

चार टोली रहेको यस समूहबाट दुई टोली सुपर १२ मा प्रवेश गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?