शाख्तर डोनेस्कको पोस्टमा रियलले गर्‍यो गोलको वर्षा

लोकपथ
286
Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले शानदार जित हात पारेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियलले शाख्तर डोनेस्कलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३७ औं मिनेटमा सेर्ही क्रिभ्टसोभले आत्मघाती गोल गरेपछि रियलले सुरुआती अग्रता बनाएको थियो । ५१ औं मिनेटमा जुनियरले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । खेलको ५६ औं मिनेटमा जुनियरले व्यक्तिगत दोसोरो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

Image

खेलको ६४ औं मिनेटमा रोड्रिगोले गोल गर्दा रियल ४-० को अवस्थामा पुर्‍याएका थिए । इन्जुरी समयमा बेन्जिमाले गोल गर्दै रियललाई ५-० को जित दिलाए ।

जितसँगै रियलले ३ खेलमा ६ अंक जोड्दै समूह डी को दोस्रो स्थानमा रहेको छ । डोनेस्क १ अंक जोडेर पुछारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?