ब्याजदरमा राष्ट्र बैंकको कडाई, जारी गर्‍यो ३ बुँदे निर्देशन

लोकपथ
1.3k
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बढाएर ब्याजदर प्रकाशन गरेपछि नेपाल राष्ट्र बैंकले कडाई  गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई ३ बुँदे एकीकृत निर्देशन जारी गरेकाे हाे ।

नयाँ निर्देशन र व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै प्रकारको निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण र प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् ।

त्यसैगरी, संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई उपबुँदा (१) र (२) खालको व्यवस्था २०७८ कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संसोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्न र सोही मितिबाट लागू गर्न समेत निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?