१३ मङ्सिर २०७८, सोमवार

बेमौसमी वर्षा : सुदूरपश्चिममा दश जनाको मृत्यु

२०७८,कार्तिक,३,बुधबार ०८:३७

90
Shares

सुदूरपश्चिम । अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिएर मृत्यु हुनेमा डोटीका ११ वर्षीय आषिस कुन्जेडा, १४ वर्षीय सागर कुन्जेडा, ६३ वर्षीय जोगी सार्की, ४२ वर्षीय शेरबहादु विक, मोहन विक, १३ वर्षीय पवित्रा विक, १६ वर्षीय रविन विक, ३६ वर्षीय मन्धरा बलायर छन् ।

यस्तै डडेलधुराका ३२ वर्षीय विष्णु अवस्थी र ६५ बर्षीया नरपता शाहीको पनि घर भत्किँदा च्यापिएर मृत्यु भएको छ । पहिरोमा परी डोटीका वीरबहादुर, वासुदेवी, बिन्दा कुन्जेडा, झुपारी सार्की, डडेलधुराका देवकी र ग्रिस रावलसमेत गरी छ घाइते भएका छन् ।

बझाङको थलारा गाउँपालिका–४ मा गएको पहिरोमा पुरिएर उजली, हासु, आयुस , हिमा र सीमा पार्कीसहित २३ बेपत्ता भएका छन् । उक्त घटनामा हर्क , धनगिरी, सीता, प्रभा, भूमिका, ईश्वरा, सञ्जीव, शर्मिला, सुवास, मिकेस, मदन, कलु, एलिसा, कम्मा, सविना, सरोज र सिम्बिजी सार्की बेपत्ता भएका प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनास्थलमा मङ्गलवार साँझ प्रहरी टोली पुगिसकेको छ ।

कैलालीका ३० वर्षीय गणेश आउजी, ६१ वर्षीय खड्क घर्तीमगर ३५ वर्षीय विक्रम घर्तीमगर, २६ वर्षीय खडक रानामगर र डोटीका ७४ वर्षीय वीरे रोकाया नदीमा बगेर बेपत्ता भएको बताइएको छ । अविरल वर्षासँगै प्रदेशका पहाडी क्षेत्रका जिल्लामा फोन इन्टरनेट सेवासमेत टुटेपछि सञ्चार सम्पर्क हुन सकेको छैन । धेरै ठाउँमा विद्युत् आपूर्तिसमेत बन्द भएको छ ।

नेपाली सेना र प्रहरीको छुट्टै टोलीले पहिरो, बाढी, डुबानमा फसेकाको उद्धार कार्य जारी राखेको छ । प्रतिकूल मौसमका कारण केही क्षेत्रमा उद्धार कार्यमा बाधा अवरोध पुगेको छ । पहिरोका कारण पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएपछि उद्धार टोली समयमै घटनास्थलमा पुग्न कठिनाइ भइरहेको छ । । पहिरोका कारण बझाङ, डडेलधुरा र डोटी जिल्लामा गरी १५ घर भत्किएर क्षति पुगेको छ । डुबान र पहिरोको जोखिममा परेपछि डडेलधुराको बडाल प्रहरी चौकीलाई गाउँपालिकामा, बझाङको बागथलाको अस्थायी प्रहरी पोष्ट नजिकको विद्यालयमा, कञ्चनपुरको झोलुङ्गे पुल छेउमा रहेको प्रहरीचौकी विद्यालयमा सारिएको छ । कैलाली र कञ्चनपुर जिल्लाका नदी तटीय क्षेत्रका वस्तीमा पानी पसेपछि हजारौ घरपरिवार विस्थापित भएका छन् ।

यस्तै विपद्का घटनावाट बाजुरा, डोटी, डडेलधुरा, बझाङ जिल्लामा पशुचौपाया, लत्ताकपडालगायतमा समेत क्षति पुगेको छ । प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा भित्र्याउन लागिएको ठूलो क्षेत्रफलको जग्गाको धानबाली डुबानमा परेर नष्ट भएको छ ।

नदी आसपासका खेतमा थुपारिएको धान नदीको बाढीले पूरै बगाएको छ । वर्षापछि पुगेको धनजनको क्षतिको थप विवरण आउन बाँकी छ । गए रातिदेखि वर्षा रोकिएपनि आकाश खुलेको छैन ।

प्रकाशित मिति: २०७८,कार्तिक,३,बुधबार ०८:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

धनगढी । किसानहरूले यस वर्ष उत्पादन गरेको धान सरकारले खरिद गर्न सकेको छैन । सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा

काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिको सभापति पदका लागि कैलालीको लम्की चुहा नगरपालिकाका नेता हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२