१३ मङ्सिर २०७८, सोमवार

बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित

२०७८,कार्तिक,२,मंगलवार २२:४७

144
Shares

झापा । सोमवारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । उनीहरुलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

वर्षाकै कारण गौरीगञ्ज–१ स्थित हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ ।

धानबालीमा क्षति

निरन्तरको वर्षापछि आएको बाढीले झापाको ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा वर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

पाकेर बाली उठाउने बेलाको धानमा बर्सातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्णरूपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण सङ्कलन सुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताए ।

प्रकाशित मिति: २०७८,कार्तिक,२,मंगलवार २२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले एमाले नेताहरु देख्नेबित्तिकै भाग्नुपर्ने दिन आएको टिप्पणी गरेका छन् ।

काठमाडौं । प्रदेश नं १ मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने भएको छ । आज बसेको

काठमाडौं । प्रदेश नं १ सरकारलाई नेपाली कांग्रेसले विश्वासको मत दिने भएको छ । आज मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई विश्वासको

काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत मागेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२