बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न मन्त्री श्रेष्ठको निर्देशन

लोकपथ
650
Shares

कर्णाली । कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न माताहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

मंगलवार कर्णाली प्रदेशका १० वटै जलस्रोत तथा उर्जा विकास कार्यालयका प्रमुखहरुलाई टेलिफोन सम्पर्क गर्दै मन्त्री श्रेष्ठले तत्कालै उद्धार तथा राहतको कार्यमा लाग्न निर्देशन दिएका हुन् । उनले सबै जिल्लामा बाढी तथा पहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी समेत लिएका छन् ।

मन्त्री श्रेष्ठले भने, ‘बाढी, पहिरो र निरन्तरको बर्षाले पुर्याएको क्षति न्युनिकरण गर्ने कार्यमा जुट्न निर्देशन दिएको छु । कार्यालयमा भएको साधनस्रोतको उपयोग गर्दै अवस्था अनुसारको व्यवस्थापन अघि बढाउन भनेको छु । ’

उनले खानेपानीमा क्षति पुगेको ठाउँमा तत्काल पाइपको व्यवस्थापन गर्न र बाढी रोक्न तत्काल तटबन्धको व्यवस्था मिलाउनको लागि पनि निर्देशन दिएका छन् ।

बाढी प्रभावितहरुको राहत तथा बढी प्रभावित क्षेत्रको विकासका लागि तीनै तहको सरकार सँग समन्वय गरेर प्रभावितहरुको व्यवस्थापनमा जुट्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?