शुल्क घटाउन माग गर्दै शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी

भक्तपुर । भक्तपुर।निजी विद्यालयहरुले गरेको चर्को शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुले आज शिक्षा विभागका महानिर्देशकको कार्यकक्षमा तालाबन्दी गरेका छन्।

शिक्षा विभाग स्वयंले जारी गरेको  ‘सस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका ( २०७२)’ को ठाडो उल्लङ्गन हुंदा पनि शिक्षा विभाग मौन वसेको भन्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन्।

आन्दोलनरत संगठनहरुले हिजो मात्र प्याब्सन र एन प्याब्सनको केन्द्रीय कार्यालयहरुमा तालाबन्दी गरेका थिए।लामो समयदेखि पटकपटक ध्यानाकर्षण गराउंदा पनि विभाग मौन वसेकाले ताला लगाउन वाध्य भएको अखिल९क्रान्तिकारी०का सचिव डिवि साउदले वताए।

तालाबन्दी गर्नेमा अनेरास्ववियु,नेविसंघ,अखिल(क्रान्तिकारी) ,अखिल (छैठौं) लगायत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?