चीनले नेपाललाई थप २० लाख डोज कोरोना खोप उपलब्ध गराउने

लोकपथ
77
Shares

काठमाडौं । छिमेकी देश चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने उपलब्ध गराउने भएको छ ।

मंगलबार परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको सहमति अनुसार चीनले नेपाललाई सो परिमाणमा खोप उपलब्ध गराउने घोषणा गरेको हो ।

आज भएको टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री वाङ यीले नेपाललाई थप २० लाख डोज खोप उपलब्भ गराउने घोषणा गरेका हुन् ।

चीनले नेपाललाई दिन लागेको खोप अनुदान रहेको बताइएको छ ।

फोनवार्ताका क्रममा मन्त्रीद्वयबीच दुई देशको कुटनीतिक सम्बन्धका बारेमा समेत कुराकानी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?