हेर्नुहोस् दिनभरका वर्षा बाढीदेखि राजनीतिक समाचारहरु (भिडियोसहित)

लोकपथ
56
Shares

१. अविरल वर्षाका महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भाइरल रोड बगायो,नदी किनारका सयौं घर डुबे,कर्णालीमा आएको बाढीले पनि कैयौं घर डुवायो ।

२. बर्षाले बैतडीको सिगास गाउँपालिकाको ढुंगाड वस्तीमा सेती नदीको बाढी पस्यो, दायाँबायाँबाट बाढी पस्दा बस्ती टापुमा परिणत,सुदुर पश्चिमका ७ जिल्लामा विद्युत र टेलिफोन सेवा अवरुद्ध ।

३. आगामी बिहिबारदेखि मौसममा सुधार आउने मौसमबिद्हरुको अांकलन, धान भित्र्याउने बेला पानीपरेपछि देशैभरका किसान भने मर्कामा ।

४. मानव अधिकारकर्मी रुवी खानले १३ दिनपछि अनसन तोडिन्,नन्कुन्नी– निर्मला घटना सम्वन्धमा सरकारले छानविन समिति गठन गरेपछि आन्दोलन पनि स्थगित ।

५.कात्तिक ९ गते बस्ने भनिएको प्रतिनिधि सभा बैठक दुई दिन पर सर्यो, नेकपा एमालेको गाउँ र नगरपालिका अधिवेशनका कारण बैठक ११ गतेलाई सारियो ।

६.माओवादी केन्द्रको स्थायी कमिटी बैठकले टोलदेखि प्रदेशसम्मको सम्मेलन कार्यतालिका हेरफेर गर्यो, मंगलबारको बैठकद्वारा पार्टीका बिभिन्न आयोग गठन ।

७.मंगलबार देशैभर गरेर कोरोनाका १ हजार ९६ जना नयाँ संक्रमित थपिए,एक हजार चार जना संक्रमण मुक्त,पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु ।

८. पहिरोले घर पुरिदा डोटीमा २ र धरानमा २ जना गरी ४ बालबालिकाको मृत्यु, बर्षाले बझाङको जय पृथ्वी राजमार्ग पनि अवरुद्ध ।

९.दशै अवधिमा देशैभर गरेर सवारी दुर्घटनामा १ सय ६१ जनाले ज्यान गुमाए, ज्यान गुमाउनेमा सबैभन्दा बढी कर्णाली प्रदेशका ।
१०. सवारी अनुमति पत्र लाइसेन्सका लागि अर्काे साता आवेदन खोल्ने सरकारको तयारी, दैनिक कोटा निर्धारण गरेर आवेदन लिइने ।

११.मंगलबार सेयर बजार परिसूचक मापक नेप्से ७७ दशमलव ३३ अंकले घट्यो, ३ अर्व ७८ करोडको सेयर कारोबार ।

१२. उत्तर कोरियाले फेरि आणविक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको दाबी,जानकारी बिनै बारम्बार क्षेप्यास्त्र परीक्षण गरेको भन्दै दक्षिण कोरियाद्वारा आपत्ती

१३.अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अवस्था भयावह बन्दै,गरिबीको कारण धनाढ्यलाई आफ्नै बालबच्चा बेच्न बाध्य अभिभावक ।

१४.अर्काे वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा, स्वास्थ्य जीवनयापनका विषयवस्तुहरू विज्ञापन मार्फत बुझाइने

१५. युरोपियन च्याम्पियनन्स लिग फुटबल अन्तर्गत समूहचरणको खेलमा आज रियल म्याड्रिड र शाख्तर डोनेस्क भिड्दै,दुवै टिम एक अर्कालाई हराएर जित हात पार्ने दाउमा

https://www.facebook.com/lokpath/videos/630132871699021

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?