कर्णाली लगायत देशभर बाढी पहिरो प्रभावितको उद्दारमा लाग्न नेता शाहीको आग्रह

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश लगायत देशभर वर्षाका कारण आएको बाढी पहिरो र डुवान प्रभावितहरुको राहत र उद्दारमा लाग्न सरकारसँग आग्रह गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका नेता शाहीले पीडितहरुको उद्दार र राहतमा लाग्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता शाहीले भनेका छन्, ‘कर्णाली प्रदेश लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु।’

केहि दिनदेखि आएको अविरल वर्षाको कारण देशका विभिन्न ठाउँहरुमा बाढी पहिरो र डुवान भइरहेको छ । आज नै प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल उद्दार र राहतमा जुट्न गृहमन्त्रालयलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?