१३ मङ्सिर २०७८, सोमवार

विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने सुदूरपश्चिम सरकारको निर्णय

२०७८,कार्तिक,२,मंगलवार १७:२७

225
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड जम्मा गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बोलाइएको आपत्तकालिन बैठकले विपदबाट प्रभावित परिवारलाई जनशक्ति व्यवस्थापन, राहत, खोज तथा उद्दार गर्नका लागि सो कोषमा रकम विनियोजन गरेको हो ।

शनिबार रातीदेखि परेको वर्षाका कारण प्रदेशका विभिन्न स्थानमा मानविय तथा भौतिक क्षति पुगेको छ । पहिरोमा परि प्रदेशको डोटीमा दुई जना र डडेल्धुरामा एक जनाको मृत्यु भएको थियो ।

प्रदेश सरकारले विपदका घटनालाई मध्य नजर गर्दै प्रदेशका नौ वटै जिल्लाका लागि २५÷२५ लाख विनियोजन गरेको छ ।
‘त्यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउँने छौं’ आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारकी प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘अहिले प्रदेशमा सङ्कट आएको छ त्यसको व्यवस्थापन हाम्रो मुख्य योजना हो । ’

प्रकाशित मिति: २०७८,कार्तिक,२,मंगलवार १७:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा एमालेको भितवनमा जारी महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम

काठमाडौं । नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत मतदान प्रक्रिया लम्बिएको छ । अहिले राति ११ बजे अन्तिम नामावली प्रकाशन गरिने भएको

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सधैं संचार जगतबारे गम्भीर रहेको बताएका छन्। ‘प्रदेश सरकार सञ्चार क्षेत्रप्रति

नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबैपदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ ।

ताजा समाचार

प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
 २०७८,मङ्सिर,१३,सोमवार २२:३२
सरकारले गर्‍यो १० सचिवको सरुवा, को कहाँ ?
 २०७८,मङ्सिर,१३,सोमवार २०:३२