१९ मङ्सिर २०७९, सोमवार

शरद कुमार गौचनलाई मारेपछि यस्तो आयो निर्माण व्यवसायीको विज्ञप्ति

२०७४,आश्विन,२४,मंगलवार ०५:४३

0
Shares

काठमाडौं, २४ असोज– राधानीको नयाँ वानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनलाई सहीद घोषणा गर्न माग गरिएको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै गौचनलाई सहित घोषणा गर्न माग गर्दै तत्काल हत्यारा पत्ता लगाई कडा भन्दा कडा सजाय दिन नेपाल सरकार सँग माग गरेको छ ।निर्माण व्यवसायी महासंघको विज्ञप्ति नेपालका तमाम निर्माण व्यवसायीहरुको छाता संस्था तथा उद्योगहरुको पनि उद्योग नेपाल निर्माण व्यवसायी महासंघका श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको असोज २३ गते दिउसो आफ्नो घरवाट महासंघ आउने क्रममा सवार गाडीमा अगाडिको शिसाबाट गोली हानी गरिएको अतातायीपूर्ण हत्या प्रति घोर भत्र्सना र क्षोभ व्यक्त गर्दै हाम्रो श्रद्धेय अध्यक्षज्यू प्रति भएको यस दुःखद घट्ना पश्चात काठमाण्डौंमा उपलब्ध महासंघका मानार्थ सदस्यहरु, सल्लाहककारहरु, पदाधिकारी तथा सदस्यहरुको आकस्मिक बैठक मिति २०७४÷०६÷२३ गते साँझ ७ वजे वसेको महासंघ कार्य समितिको बैठकका निर्णयहरुः निर्णयहरु ः१. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनज्यूको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवार प्रति तथा शोकमा रहेका सम्पूर्ण निर्माण व्यवसायी तथा तमाम व्यवसायी उद्योगी व्यवसायी लगायत जन समुदाय प्रति हार्दिक समवेदना व्यक्त गर्ने निर्णय गरियो ।२. श्रद्धेय अध्यक्ष श्री शरद कुमार गौचनको क्रुर र अतातयी पूर्ण हत्याको घोर भत्र्सना गर्दछौं र निजलाई सहित घोषणा गरि तत्काल हत्यार पत्ता लगाई कडा भन्दा कडा सजाय गर्न नेपाल सरकार सँग जोडदार माग गर्ने र हत्यारा पत्ता लागि हिरासतमा नलिए सम्म सम्पूर्ण देशमभरका निर्माण व्यवसायीहरु आन्दोलीत हुने छौं । सम्पूर्ण निर्माण खरिदका वोलपत्रहरु आव्हान नगर्न नगराउन नेपाल सरकार समक्ष जोडदार माग गर्ने र सो अवधि सम्म सम्पूर्ण वोलपत्रहरुका कार्यहरुमा सहभागी नहुन र वहिस्कार गर्न गराउनका लागि सम्पूर्ण निर्माण व्यवसायीहरुलाई अनुरोध गर्ने निर्णय गरियो ।३. मिति २०७४ साल आश्नि २५ गतेका दिन देशभरका सम्पूर्ण निर्माण कार्यहरु बन्द गर्न आव्हान गर्ने निर्णय गरियो ।४. यस शोकको घडिमा देहाय बमोजिम गर्ने निर्णय गरियो ।क) महासंघको भावी कार्यक्रम तथा तत्काल निर्णय गर्नका लागि यथा संम्भव सल्लाहकारज्यूहरु र पदाधिकारीज्यूहरु सँग समन्वय गरी उचित निर्णय लिन बरिष्ठ उपाध्यक्ष बिष्णुभाइ श्रेष्ठ र महासचिव रामशरण देउजाज्यूलाई विशेष जिम्मेवारी दिने निर्णय गरियो ।ख) महासंघ सचिवालयबाट हुने दैनिक कार्यहरु २०७४÷०६÷२४ गते देखि २६ गते सम्म बन्द गर्ने र श्रद्धेय स्व. अध्यक्ष शरद कुमार गौचनज्यूको पूर्ण कदको तस्वीर सहित महासंघ परिसरमा शोक पुस्तिका राख्ने र महासंघको झण्डा आधा झुकाउने निर्णय गरियो ।ग) महासंघ अन्तर्गत रहेका सम्पूर्ण क्षेत्रीय संघहरु, जिल्ला संघहरुका दैनिक हुने कार्यहरु मिति २०७४÷०६÷२४ गते देखि ३ दिन सम्म बन्द गर्ने र सम्पूर्ण क्षेत्रीय तथा जिल्ला संघहरुमा श्रद्धेय अध्यक्षज्यूको तस्वीर सहित शोक पुस्तिका राख्ने ।घ) सबै एशोसिएट सदस्यहरु, क्षेत्रीय संघहरु,जिल्ला संघहरुले श्रद्धेय अध्यक्षज्यूको हत्यारा तत्काल पत्ता लगाई कडा भन्दा कडा कार्वाही गर्न आ–आफ्नो क्षेत्रबाट जोडदार माग गर्ने ।५. श्रद्धेय अध्यक्षज्यूको हत्या पश्चात समेत विभिन्न अज्ञात टेलिफोन नम्बरहरुबाट धम्कीपूर्ण फोनहरु आइरहेको सन्दर्भमा तत्काल शान्ति सुरक्षाको व्यवस्था गर्न सरकार सँग जोडदार माग गर्ने र थप निर्णयहरु गर्दै जाने निर्णय गरियो साथै निर्माण व्यवसायी लगायत सम्पूर्ण व्यवसायीहरुलाई शान्ति सुरक्षाको पूर्ण प्रत्यभूतिको माग गर्ने र शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति नभए सम्म आन्दोलित भै रहने र आकस्मिक बैठहरु बस्दै आकस्मिक निर्णयहरु गर्दै जाने ।६. यस शोकको घडीमा शान्ति सुरक्षाको लागि तथा हत्यारा पत्तालगाई कडा भन्दा कडा कार्वाही गर्नको लागि नेपाल उद्योग बाणिज्य महासंघ लगायतका सम्पूर्ण पेशागत संघ संगठनहरुमा आव्हान गर्ने निर्णय गरियो ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रहरीहरुको मनोबल वृद्धि गर्नका लागि सरकारले भरपूर सहयोग गर्ने बताएका छन् । नेपाल प्रहरी सिंहदरबार

काठमाडौं । काठमाडौंका नाइट क्लब तथा होटल रेस्टुरेन्ट सञ्चालनको समयसीमा हेरफेर भएको छ । बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी धनश्याम

काठमाडौं । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको

काठमाडौं । बागमती प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ नायव निरीक्षक उमेश कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको छ । प्रदेश

ताजा समाचार

रिलायन्स फाईनान्स १४ औँ वर्षमा प्रवेश
 २०७९,मङ्सिर,१९,सोमवार १९:४८