आईपीओ निष्काशनको अनुमति माग्दै बोर्ड पुग्यो आदर्श लघुवित्त

लोकपथ
403
Shares

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।

संस्थाले १०० रुपैयाँ अंकित दरका ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपीओ गर्न असोज २० गते बोर्डमा निवेदन दिएको हो ।

संस्थाले साधारण सेयर सर्वसाधरणमा बिक्री गर्न बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गर्नेछ ।

संस्थाको गत असार ३१ गते सम्पन्न तेस्रो वार्षिक साधारण सभाले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने सो बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?