काठमाडाैं : काठमाडाैं देखि बाराको निजगढसम्मको द्रुतमार्ग (फास्टट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) तयार गर्न १७ कम्पनीले अावेदन दिएका छन् । नेपाली सेनाको अाब्हानमा १ स्वदेशी र १७ विदेशी कम्पनीले डीपीअार बनाउन अाशयपत्र पेश गरेका हुन् ।
सेनाले अबको १५ दिनभित्र अाशयपत्र मूल्यांकन गरि डीपीअारका लागि अध्ययनकर्ता कम्पनी छान्नेछ । सेनाले हाल अाशयपत्र मूल्यांकन गरिरहेको छ । परामर्शदाता कम्पनीलार्इ अायोजनास्थल पठाउने र डीपीअारको काम शुरू गर्ने सेनाको तयारी छ ।
तत्कालिन नेपाली कांग्रेसको सरकारले द्रुतमार्ग निर्माणको जिम्मा भारतीय कम्पनी अार्इएल एण्ड एफएसलार्इ दिन लागेपछि सर्वत्र अालोचना भएको थियो । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारले गत बैशाख २१ गते नेपाली सेनालार्इ दुतमार्ग निर्माणको जिम्मा दिएको थियो । सेनाले नै द्रुतमार्गको ट्रयाक खोलिसकेको छ भने हाल सडक निर्माणलार्इ अघि बढाएको छ ।
फास्टट्रयाकको डीपीअार भारतीय कम्पनी अार्इएल एण्ड एफएसले बनाएपनि त्यो अायोजना सम्पन्न गर्नका लागि पूर्ण नरहेको जनाउँदै सेनाले अाफ्नै डीपीअार बनाउन लागेको हो । अार्इएल एण्ड एपफएसले अाफुले तयार गरेको डीपीअारअनुसार अायोजना बनाउन पाउनुपर्ने माग राख्दै अाएपनि सरकारले नै सेनामार्फत बनाउने निर्णय गरेको थियो । त्यसपछि पनि सो कम्पनीले अायोजना बनाउन नपाएपनि अाफ्नै डीपीअार किन्न चर्को लबिइङ गरेको थियो ।
फास्टट्रयाक निर्माणका लागि सेनाले अागामी अार्थिक बर्षको बजेटमा ३८ अर्ब रूपैयाँ विनियोजन गर्न सरकारलार्इ अाग्रह गरेको छ । सेनाले सडक निर्माणको काम छिटो सक्नेगरि अघि बढाउन सरकारसँग बजेट मागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया