अफगानिस्तानमा गरिबीका कारण आफ्नै बच्चा बेच्दै अभिभावक, अवस्था भयावह 

लोकपथ
351
Shares
काठमाडौं । अफगानिस्तानका अभिभावकहरु गरिबीको सामना गर्नु परेपछि आफ्ना बच्चाहरु बेच्न बाध्य भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम वाल स्ट्रीट जर्नलका अनुसार अफगानिस्तानका केही अभिभावकहरुले चरम गरिबीका कारण आफ्ना बच्चाहरु बेच्न बाध्य भएका हुन् ।
जर्नलका अनुसार पश्चिमी अफगानिस्तानको एक घर सफा गर्ने सालेहाले आफ्नी ३ वर्षीया छोरीलाई एक व्यक्तिलाई बेचेकी छिन् ।  उनले ५ सय ५० डलर ऋण तिर्न नसकेपछि आफ्नी ३ वर्षीया छोरीलाई ती व्यक्तिलाई सुम्पेकी थिइन् ।
सालेहालाई  ऋण दिने व्यक्ति खालिद अहमदले जर्नललाई भने कि उनले ऋण चुक्ता गर्न बालिकालाई स्वीकार गर्नुपर्‍यो। “मसँग पनि पैसा छैन। उनीहरुले मलाई फिर्ता गरेनन्,” उनले भने। “त्यसैले छोरी लिनु बाहेक मसँग अरु बिकल्प छैन।”
४० वर्षीया सालेहाले आफ्नो जागिरबाट दैनिक ७० सेन्ट कमाउछिन् जसले उनको पेट भर्नसम्म पनि पुग्दैन । र उनका श्रीमानले काम गर्दैनन्, जर्नलमा भनिएको छ ।
(
“यदि जीवन यस्तै भयानक रह्यो भने, म मेरो बच्चाहरु र आफैंलाई मार्नेछु। मलाई थाहा छैन हामी आज राती के खान्छौं तर म मेरी छोरीको जीवन बचाउन पैसा खोज्न कोसिस गर्नेछु”  । सालेहाले भावुक हुँदै भनेकी छिन् ।
तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानबाट अधिकंश दक्ष्य जनशक्ती देश छोडेर भागेका छन् । फलस्वरुप अहिले अफगानिस्तानमा राज्य चलाउन दक्ष्य मानिसहरुको अभाव भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताउने गरेका छन् ।
(
अमेरिकी राष्ट्रपति जो बाइडनको अमेरिकी सेना फिर्ता गर्ने निर्णयपछि दुई दशकसम्म अफगानिस्तानलाई अतिवादीहरुबाट मुक्त गर्ने प्रयास गरेको अमेरिकी सेना फिर्ता भयो र अफगानिस्तानमा तालिबानले कब्जा जमाएको थियो।
सन् २००१ सम्म सत्ता रहेको तालिबानी शासन अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेपछि हटेको थियो । २००१ मा अमेरिकाले तालिबानलाई सत्ताबाट हटाएपछि अफगानिस्तानले प्रतिव्यक्ति आय दोब्बर पार्ने र शिक्षाको औसत संख्यामा बृद्धि सहित थुप्रै विकासात्मक उपलब्धि हासिल गरेको यूएनडीपी एशिया प्यासेफिकका डाइरेक्टर विगनर्जाले बताएका छन् ।
पछिल्ला दुई दशकहरुमा, अफगानिस्तानले महत्वपूर्ण आर्थिक विकाश गरेको छ जुन अब राजनीतिक अस्थिरताको कारण तहस नहस हुने खतरामा छ । तालिबानको कब्जाको कारण अफगानिस्तानका स्थानीय बैंकिङहरुले संकटको सामना गरिरहेको छ ।
बाइडेन प्रशासनले तालिबानको स्रोत सीमित गर्ने प्रयासमा देशको केन्द्रीय बैंकमा रहेको १० बिलियन डलरको भण्डार रोक्का गरेको छ – जसमध्ये धेरैजसो न्यूयोर्कस्थित फेडरल रिजर्व बैंकको कब्जामा रहेको छ। । यो कदमलाई गलत दिशातिर उन्मुख कदम भनी आलोचना गरिएको छ र अन्ततः तालिबान भन्दा अफगानिस्तानलाई बढी चोट पुर्‍याउँछ, डा अफगानिस्तान बैंकका एक वरिष्ठ बोर्ड सदस्य शाह मेहराबीले ब्लूमबर्गलाई भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?