बाढीको कारण ठूलीगाडको बगरमा एक दम्पती परिवार थुनिए

लोकपथ
546
Shares

धनगढी । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–४, खिमडीका एक दम्पती परिवार ठूलीगाडको बगरमा थुनिएका छन् । आईतबार परेको अविरल वर्षासँगै आएको बाढीका कारण ठूलीगाडको बगरमा उनीहरू थुनिएको बताईएको छ ।

ठूलीगाडको मध्य भागमा रहेको बगरमा मोहन्याल गाउँपालिका–४, खिमडीका ५० वर्षीय लोकबहादुर बुढा मगर र उनकी पत्नी ४७ वर्षीया बिर्मादेवी बुढा मगर थुनिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतीक विष्टले जानकारी दिएका छन् ।

अहिले सम्म उनिहरुको अवस्था सकुशल रहेको र उद्धारका लागि हेलिकोप्टर पठाउने तयारी भइरहेको उनले बताए । बगरमा तरकारी उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका उनीहरू अविरल वर्षासँगै आएको बाढीका कारण ठूलीगाडको बगरमा थुनिएका हुन् ।

खोलाको बिच भागमा रहेको बगरमा बनाएको झुप्रोसमेत बाढीले बगाएको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?