पोखरामा पनि स्मार्ट ट्राफिक आइल्याण्डको शुरुवात

काठमाडौँ,२४असोज । पर्यटकिय आकर्षणको केन्द्र मानिने पोखरा महानगरपालिकाको मुख्य सडकका चोकहरुमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’ राख्न थालिएको छ । यसअघि काठमाडौंका सडकका चोकहरुमा राखिएको जस्तै स्मार्ट आइल्याण्ड पोखरामा पनि राखिएको हो । मंगलबार एक कार्यक्रमका बिच स्पार्ट ट्राफिक आइल्याण्ड सञ्चालनको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आइल्याण्डमा उभिएर गर्नुभयो । आइल्याण्ड शुभारम्भ कार्यक्रममा प्रदेश नम्बर ४ का डिआइजी पुष्प चन्द्र रञ्जित, नागरिक समाजका अगुवा, अन्य सुरक्षा निकायका अधिकारी र स्थानीय जनप्रतिनिधीको उल्लेख्य सहभागीता रहेको थियो । आइल्याण्ड शुभारम्भ कार्यक्रममा बोल्ले अधिकांश वक्ताहरुले सहरी सुन्दरता प्रबद्र्धन र ट्राफिक व्यवस्थापनमा स्मार्ट आइल्याण्ड अति नै उपयोगी हुने बताए । पोखराको सृजनाचोक, सभागृहचोक, भिमसेन चोक महेन्द्रपुल, रानीपौवा चोक, बृद्धचोक, गणेशमान चोक तेर्सापट्टी , हल्लनचोक , शहिदचोक लगायतको स्थानमा अब स्पार्ट ट्राफिक आइल्याण्ड रहने फिस्टेल होल्डिङ प्रालिका प्रवन्ध निर्देशक असिम गुरुङले जानकारी दिनुभयो । सार्वजनिक नीजि साझेदारी अन्तर्गत फिस्टेल होल्डिङ प्रालि र पोखरा महानगरपालिकाबिच स्मार्ट आइल्याण्ड राख्ने सहमती भएको थियो । स्मार्ट आइल्याण्डमा ट्राफिक प्रहरीले रेडियो सेट , मोवाईल चार्ज गर्न सक्नेछन् भने सेफ्टी लकर, फ्यान , फोल्डिङ कुर्सी पनि रहने छ साथै सोलार जडित आइल्याण्डको कारण रातको समयमा पनि ट्राफिक ब्यवस्थापनका लागि सहज हुने निर्देशक गुरुङको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?