सुदूरपश्चिममा बाढी पहिरो : पीडितलाई हेलिकप्टरमार्फत उद्दार गर्ने सरकारको तयारी

कैलाली । सुदुरपश्चिममा बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको हो।

गृहमन्त्री बालकृष्ण खाणँको निर्देशनमा नेपाली सेनाको सुर्खेतस्थित स्टेसनबाट बाढी र पहिरोमा परेकाहरूको उद्धारका लागि हेलिकोप्टर उडेको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाकी प्रमुख सहसचिव हुमकला पाण्डेले जानकारी दिइन्।
भारी वर्षाले डोटी, डडेल्धुरा र कञ्चनपुर बढी प्रभावित छन्।

महाशाखा प्रमुख पाण्डेका अनुसार डोटी र डडेलधुरामा एक र एक जनाको मृत्यु भएको छ भने डडेल्धुरामा एक जना पुरिएर बेपत्ता छन्। केही स्थानमा बाढी र पहिरोले मानिसहरु बीचमा थुनिएको खबरसमेत आएका छन्।

गृहमन्त्री खाणले मंगलबार (आज) सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र सशस्त्र प्रहरीका प्रमुखलाई टेलिफोन गरी समन्वयात्मक ढंगले उद्धार र राहतको काम तीव्र गतिमा अगाडि बढाउन निर्देशन पनि दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?