रुसले आयोजना गरेको अफगानिस्तानबारेको वार्तामा अमेरिका सहभागी नहुने

लोकपथ
119
Shares

काठमाडौं । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानका बारेमा यसै हप्ता आयोजित वार्ताका आफू सहभागी नहुने जनाएको छ । यसै हप्ता अफगानिस्तानका विषयमा रुसले वार्ताको आयोजना गरेको छ । तर सो वार्तामा आफू सहभागी नहुने अफगान विदेश मन्त्रालयले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले भनेका छन् – ‘केही प्राविधिक कारणहरुले गर्दा रुसले आयोजना गरेको त्यस वार्तामा हामी सहभागी हुन सक्दैनौँ । तर ती के प्राविधि कारण हुन् भन्ने बारेमा भने उनले केही बताएका छनै ।’

उता रुसका विदेशमन्त्रीले भने यसै हप्ता रुसले अफगानिस्तानका विषयमा वार्ताको आयोजना गरेको र त्यसमा अमेरिकालाई पनि आमन्त्रण गरिएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?