दशैँ सुरु हुँदा आकाशिएको तरकारीको मूल्य घट्न थाल्यो

लोकपथ
182
Shares

काठमाडौं । दशैँ सुरु हुँदा आकाशिएको तरकारी तथा फलफुलको भाउ विस्तारै घट्न थालेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैँ सुरु हुँदा तरकारी तथा फलफुलको मुल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो । दशैँको समयमा खासगरी गोलभेडा, काक्रो, काउली लगायतका केही बस्तुको मुल्य अत्याधिक बढेको थियो भने आलु प्याज लगायतकको मूल्य सामान्य बढेको थियो । दशैँको समयमा फलफूलको मूल्य पनि अत्याधिक महंगो भएको उपभोक्ताहरुले गुनासो थियो । तर, दशैँ सकिएसँगै तरकारी तथा फलफुलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले माग सामान्य हुदैँ गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुदैँ गएको काराण मूल्य घट्ने क्रम जारी रहेको बताए । मोलभेडा, काउली, बोडी लगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए ।

समितिका उपनिर्देशक श्रेष्ठले यसबर्ष बढी बर्ष भएको कारण किसानको बाली नालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दाबी गरे । यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैँको समयमा मूल्य बढेको बताए । दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठसय टनसम्म समान भित्रिएको थियो । अष्टमीको दिन भने करिब ४ सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाई छ ।

दशैँ, तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्याधिक वृद्धि गर्ने गरेको छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तिब्रता दिने गरेपनि व्यापारीहरुले भने हरेक बर्ष हरेक सामान्यको मूल्य अत्याधिक वृद्धि गर्ने गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?