डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको पहिरोमा परेर ज्यान गएको छ ।
घरमाथिबाट आएको पहिरोमा पुरिएर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले लोकपथलाई जानकारी दिए।
एक जनाको मृत्यु भएको जानकारी आएको र अन्य क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी प्रमुख नेपालले बताए । अमरगढी नगरपालिका -१ मा गएको पहिरोमा परेर दुई जना घाइते भएका छन् । घाइतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
डडेल्धुरामा फोन सम्पर्क विच्छेद भएका कारण अन्य ठाँउको क्षतिको विवरण प्राप्त हुन नसकेको प्रहरी प्रमुख नेपालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया