बाढी, पहिरो र डुवान पीडितको तत्काल उद्दार र राहतको व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन

लोकपथ
84
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेश लगायत देशभर बाढीपहिरो पीडितको उद्धार राहतको व्यवस्था गर्न
निर्देशन दिएका छन् ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाँडसँग भेटघाट गरि वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत् सो कुराको जानकारी दिएका हुन् ।

‘सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन गरेको छु।’ प्रधानमन्त्री देउवाले भनेका छन् ।

केहि दिनदेखि अविरल परेको वर्षाका कारण देशका विभिन्न जिल्लाहरुमा बाढीपहिरो कारण जनजीवन प्रभावित बनेको छ । अविरल वर्षाका कारण धान लगायतका बालीहरु भित्राउनका लागि समस्या परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?