माओवादी केन्द्रले गर्‍यो राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर

लोकपथ
154
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ ।

मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकले सो राष्ट्रिय सम्मेलनको कार्यतालिका हेरफेर एवं संशोधन गर्ने निर्णय गरेको हो

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको स्थायी कमिटी सदस्य एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

जसअनुसार पार्टी सदस्यता नवीकरणको म्याद कार्तिक २५ गतेसम्म थप गरिएको छ।

माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गर्दै वडा, पालिकादेखि प्रदेशसम्म सम्मेलनको म्याद थप गरेको हो ।
भने माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको प्रवक्ता महराले जानकारी दिए ।

जसअनुसार टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?