३१ श्रावण २०७९, मंगलवार

पोखरामा पनि स्मार्ट ट्राफिक आइल्याण्डको शुरुवात

२०७४,आश्विन,२४,मंगलवार ०५:३६

0
Shares

काठमाडौँ,२४असोज । पर्यटकिय आकर्षणको केन्द्र मानिने पोखरा महानगरपालिकाको मुख्य सडकका चोकहरुमा ‘स्मार्ट ट्राफिक आइल्याण्ड’ राख्न थालिएको छ । यसअघि काठमाडौंका सडकका चोकहरुमा राखिएको जस्तै स्मार्ट आइल्याण्ड पोखरामा पनि राखिएको हो । मंगलबार एक कार्यक्रमका बिच स्पार्ट ट्राफिक आइल्याण्ड सञ्चालनको शुभारम्भ पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले आइल्याण्डमा उभिएर गर्नुभयो । आइल्याण्ड शुभारम्भ कार्यक्रममा प्रदेश नम्बर ४ का डिआइजी पुष्प चन्द्र रञ्जित, नागरिक समाजका अगुवा, अन्य सुरक्षा निकायका अधिकारी र स्थानीय जनप्रतिनिधीको उल्लेख्य सहभागीता रहेको थियो । आइल्याण्ड शुभारम्भ कार्यक्रममा बोल्ले अधिकांश वक्ताहरुले सहरी सुन्दरता प्रबद्र्धन र ट्राफिक व्यवस्थापनमा स्मार्ट आइल्याण्ड अति नै उपयोगी हुने बताए ।   पोखराको सृजनाचोक, सभागृहचोक, भिमसेन चोक महेन्द्रपुल, रानीपौवा चोक, बृद्धचोक, गणेशमान चोक तेर्सापट्टी , हल्लनचोक , शहिदचोक लगायतको स्थानमा अब स्पार्ट ट्राफिक आइल्याण्ड रहने फिस्टेल होल्डिङ प्रालिका प्रवन्ध निर्देशक असिम गुरुङले जानकारी दिनुभयो । सार्वजनिक नीजि साझेदारी अन्तर्गत फिस्टेल होल्डिङ प्रालि र पोखरा महानगरपालिकाबिच स्मार्ट आइल्याण्ड राख्ने सहमती भएको थियो । स्मार्ट आइल्याण्डमा ट्राफिक प्रहरीले रेडियो सेट , मोवाईल चार्ज गर्न सक्नेछन् भने सेफ्टी लकर, फ्यान , फोल्डिङ कुर्सी पनि रहने छ साथै सोलार जडित आइल्याण्डको कारण रातको समयमा पनि ट्राफिक ब्यवस्थापनका लागि सहज हुने निर्देशक गुरुङको भनाई छ ।

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार ०५:३६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

लमजुङ । केही वर्षअघि बाँझो रहेको जग्गा यतीबेला तरकारी खेतीले हरियाली भएको छ । सिंगो गाउँले नै अहिले तरकारी खेतीमा

लमजुङ । विद्यार्थी र शिक्षकमा रुघाखोकी र ज्वरो देखिएपछि बेंसीशहर नगरपालिका–७ को जनविकास मावि र युनिर्भसल एकेडेमी बन्द गरिएको छ

लमजुङ । लमजुङको बेंसीसहर नगरपालिका ११, रामचोक बेंसीमा आगालागीबाट एउटा घर जलेर नष्ट भएको छ । आइते सार्की र उनकी

लमजुङ । लमजुङस्थित क्रियाशील सबै राजनीतिक दलको कार्यालयमार्फत मुख्यमन्त्री कार्यालयमा पुग्नेगरी आज जिल्ला सामुदायिक अस्पताल लमजुङका कर्मचारीहरूले ७ बुँदे मागसहितको

ताजा समाचार

दश लाख बराबरको यार्सागुम्बा बरामद
 २०७९,श्रावण,३१,मंगलवार १२:५०
सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित
 २०७९,श्रावण,३१,मंगलवार १२:४७
७ ताइवानी अधिकारीमाथि चीनको प्रतिबन्ध
 २०७९,श्रावण,३१,मंगलवार १२:२४