अभियोगपत्र दर्ता गरिएका यी हुन् सुनकाण्डका ६३ आरोपी

विराटनगर- ३३ किलो सुन तस्करी र भरिया सनम शाक्यको हत्या प्रकरणमा ६ जना बहालवाला प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध अदालतमा अभियोग दर्ता भएको छ, नयाँ पत्रिकामा खबर छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरूलाई संगठित अपराधअन्तर्गत सुन चोरी–तस्करी गरेको, मानव अपहरण गरी शरीर बन्धक बनाएको र कर्तव्य ज्यान अपराधमा फरक–फरक मुद्दा दर्ता गराएको हो । गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीको अनुसन्धानका आधारमा जिल्ला प्रहरीले जिल्ला अदालत मोरङमा बुधबार अभियोग दर्ता गराएको हो ।

आरोपी  को को ?
मोरङ उर्लाबारी–७ का ३७ वर्षीय गोरे भन्ने चूडामणि उप्रेती, काभ्रेपलाञ्चोक मण्डन–देउपुर–१२ बस्ने २९ वर्षीय टेकराज मल्ल ठकुरी, उर्लाबारी–४ बस्ने ३६ वर्षीय मोहन काफ्ले, हेटौँडा उपमहानगर–१६ बस्ने २७ वर्षीय सुरेन्द्र गौतम, झापा गौरादह–८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारी, मेची नपा–४ बस्ने २९ वर्षीय रुस्तम भन्ने मोहम्मद उस्ताम मियाँ, सोलु दूधकुण्ड–८ बस्ने ३० वर्षीय टुकबहादुर मगर रहेकाे छ ।

त्यस्तै मेची नपा–१३ का ३१ वर्षीय लाक्पा शेर्पा, मोरङ उर्लाबारी नपा–२ बस्ने माधव भन्ने मदनप्रसाद घिमिरे, सिरहा धनगढीमाई नपा–१२ का रोहित आचार्य, मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भनिने नरेन्द्र कार्की, उर्लाबारी नपा–४ का भबिन राई भनिने भबिन तामाङ, भारत बिहार राज्यको मोतिहारी स्थायी घर भई हाल काठमाडौं मनपा–७ गौरीघाटमा रहेको श्री ब्रदर्स मोटर ग्यारेजमा काम गर्ने राजनकुमार, सुनसरी धरान उपमनपा–२ बस्ने ३० वर्षीय कृष्ण बस्नेत, काठमाडौं मनपा १६ का ६४ वर्षीय भुजुङ गुरुङरहेका छन् ।

यसै गरी सुनसरी धरान उपमनपा–३ घर भई हाल काठमाडौं मनपा–२९ अनामनगर बस्ने एमके मामा भनिने मोहनकुमार अग्रवाल, धरान नपा–२ बस्ने राहुल भन्ने सुनीलकुमार अग्रवाल, झापा सताक्षी नपा–६ घर भई हाल काठमाडौं चन्द्रागिरि नपा–४ बस्ने कालु, काले, किसन भन्ने ४५ वर्षीय कृष्णगोपाल अग्रवाल, काठमाडौं मनपा–३२ का ४९ वर्षीय आरके भन्ने राजेन्द्र शाक्य, उर्लाबारी–७ घर भई काठमाडौं मनपा–७ गौरीघाट बस्ने ३३ वर्षीय रमेश उप्रेती, भारत पश्चिम बंगाल सिलिगुडी घर भई हाल काठमाडौं धुम्बराही प्रेस्टिज अपार्टमेन्टमा बस्ने ६२ वर्षीय चाचाजी भन्ने महावीरप्रसाद अग्रवाल, काठमाडौं–९ एयरपोर्टस्थित बाजेको सेकुवा कर्नरका सञ्चालक चेतन भन्ने चेतनाथ भण्डारी रहेका छन् ।

काठमाडौं–३१ बानेश्वर बस्ने न्युरोडस्थित भैरवलक्ष्मी गोल्ड सिल्भर मार्टका सञ्चालक ४३ वर्षीय प्रमोदकुमार श्रेष्ठ, सुनसरी इटहरी–६ बस्ने ३२ वर्षीय बेनु श्रेष्ठ, काभ्रेपलाञ्चोक बेथानचोक–४ बस्ने हरिशरण खड्का, झापाको झपा–७ घर भई काठमाडौं–९ बस्ने प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल, सिन्धुपाल्चोक तोगर्चे–७ घर भई हाल काठमाडौं–६ बौद्ध आरुबारी बस्ने ४४ वर्षीय एलबी भनिने लालबहादुर मगर, काठमाडौं–८ का ५९ वर्षीय वीरेन्द्रमान श्रेष्ठ रहेका छन् ।

ललितपुर–१४ बस्ने सम्बिरबहादुर तोलाङे, काठमाडौं–९ बस्ने ४५ वर्षीय बालकृष्ण श्रेष्ठ, भक्तपुर सूर्यविनायक–९ खत्रीगाउँ बस्ने ५१ वर्षीय दोराम खत्री, काठमाडौं–९ बस्ने ५१ वर्षीय कपीराज पुरी, काठमाडौं–८ बस्ने ५८ वर्षीय गोपालकुमार श्रेष्ठ, ललितपुर कन्योसोम–३ बस्ने ३० वर्षीय तक्ले भनिने पुण्यप्रसाद तामाङ, काठमाडौं चन्द्रागिरि–१३ बस्ने ४२ वर्षीय हेमन्त गौतम, काठमाडौं–१८ बस्ने ५५ वर्षीय राजु महर्जन, बाग्लुङ काठेखोला–७ बस्ने कमल कार्की, काठमाडौं–१६ खरिबोट बस्ने मणिराज चौलागाईं रहेका छन् ।

सिन्धुपाल्चोक जलजलेका शिवकुमार गुभाजू, धरान–१ घर भई काठमाडौं–३१ शान्तिनगर बस्ने वैभवलक्ष्मी सिल्भर गोल्ड प्यालेसका सञ्चालक ५० वर्षीय सुनील श्रेष्ठ, भोजपुर दिङ्ला घर भई हाल काठमाडौं बागेश्वरी मनहरा–३ बस्ने आरबी भन्ने रक्षा भण्डारी, मोरङ सुनवर्षी–६ बस्ने ३८ वर्षीय अर्जुनप्रसाद खरेल, पर्वत पैँयु–७ बस्ने ४१ वर्षीय रोशन भन्ने गुप्तलाल भुसाल, काभ्रे नेपालथोक–४ कार्की गाउँ बस्ने ४० वर्षीय रामहरि कार्की, भक्तपुर मध्यपुर ठिमी–१६ लोकन्थली बस्ने ५४ वर्षीय एसएसपी श्यामबहादुर खत्री रहेका छन् ।

काठमाडौं–३२ कोटेश्वर बस्ने ४६ वर्षीय डिएसपी सञ्जयबहादुर राउत, काठमाडौं टोखा–६ बस्ने ५० वर्षीय एसपी विकासराज खनाल, चितवन भरतपुरका ३६ वर्षीय प्रहरी हवल्दार अम्बरबहादुर थापामगर, गोरखा–१४ बस्ने ३७ वर्षीय विष्णुबहादुर खड्का, काठमाडौं–३ बाँसबारी बस्ने ५४ वर्षीय पूर्वडिआइजी गोविन्दबहादुर निरौला, बर्दिया घर भई काठमाडौं–१८ बस्ने ३५ वर्षीय तुलाराम थारू, काठमाडौं–१३ ताहाचल बस्ने ४२ वर्षीय अमरमान डंगोल, मोरङ सुन्दरहरैचा–२ बस्ने २७ वर्षीय ओमप्रकाश नेवार, मोरङ कानेपोखरी–४ बस्ने माधव आचार्य, मोरङ उर्लाबारी–७ घर भई काठमाडौं–७ गौरीघाट बस्ने नर्वदा खरेल निरु, धनकुटा–४ घर भई काठमाडौं न्युरोडमा लक्ष्मी गोल्ड सिल्भर प्यालेस सञ्चालिका ४४ वर्षीया गीता श्रेष्ठ, कास्की पोखरा–लेखनाथ–२१ बस्ने प्रयास पराजुली, सिन्धुपाल्चोक बलेफी–५ बस्ने सञ्जय र समीर अधिकारी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?