क्रिस्टल प्यालेससँग आर्सनलको बराबरी

लोकपथ
169
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिस्टल प्यालेससँग बराबरी खेल खेलेको छ । सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलमा आर्सनलबाट एम्रिक औबामियाङ र एलेक्सजेन्ड्र लाकाजेट्टी तथा क्रिस्टल प्यालेसका क्रिस्टियन बेन्टेके र ओड्सोन एड्वार्डले एक एक गोल गरे ।

बराबरीसँगै आर्सनलले ८ खेलमा ११ अंक जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

प्यालेस ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?