काठमाडौं । विद्युतीय भुक्तानी प्रयोगको वृद्धिसँगै एनसीएचलले सञ्चालन गर्दै आएको कनेक्ट आईपीएसबाट दशैँको अवधिमा कारोबार उल्लेख्य वृद्धि भएको छ ।
घटस्थापनादेखि एकादशीसम्ममा उक्त प्रणालीमार्फत ९.२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबार पछिल्लो वर्षको दशैँको तुलनामा ३१७% ले वृद्धि भएको हो ।
दशैँको समयमा नगदको कारोबार निकै हुने र नेपाली संस्कृतिसँग जोडिएकोले नगदको कारोबार चाडपर्वमा उल्लेख्य हुने भएता पनि हाल बैंक वित्तीय संस्थाहरु तथा विभिन्न भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरुको पहलमा चाँड पर्वमा समेत विद्युतीय कारोबारको प्रयोग निकै बढ्दै गएको देखिन्छ ।
कनेक्ट आईपीएसबाट कारोबार गर्न ग्राहकले उक्त प्रणालीको मोबाईल एप वा वेब तथा कुनै पनि बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गबाट रकम ट्रान्स्फर र भुक्तानी गर्न सक्दछन् ।
कनेक्ट आईपीएसको एप र वेबमा आफ्नो खाता एक पल्ट लिन्क गर्नुपर्ने हुन्छ भने मोबाईल बैंकिङ्गमार्फत प्रयोग गर्न छुट्टै रजिष्टर बिना सिधै गर्न सकिने व्यवस्था रहेको छ ।
साथै चाडपर्वको समयमा मोबाईलबाट गरिने रकम ट्रान्स्फरलाई थप सहज गर्न कनेक्ट आइपीएसको मोबाईल एप वा कुनै पनि बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गबाट गरिने रकम ट्रान्स्फरमा लाग्ने कारोबार शुल्क असोज २० देखि कार्तिक २५ सम्म पूर्ण रुपमा निःशुल्क गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया