रोनाल्डोले किने विश्वकै महँगो र स्पेसल एडिसनको बुगाटी कार

लोकपथ
7.3k
Shares

काठमाडौं । म्यानचेस्टर युनाईटेडका फरवार्ड एवम फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले विश्वकै महँगो बुगाटी कार किनेका छन् ।

रोनाल्डोले बुगाटी कम्पनीको ‘बुगाटी सेन्टोडीएची’ सुपर कार किनेका छन्।

रोनाल्डोले किनेका उक्त कारको मूल्य १० मिलियन युरो रहेको छ । रोनाल्डोले किनेको बुगाटी सेन्टोडीएची कार स्पेसल एडिसन हो ।

रोनाल्डो निकै महँगा र नाम चलेका कम्पनीका कार चढ्ने गरेका छन् । रोनाल्डोले यस अघि बुगाटीकै ‘ला भोइटुर नोइर’  सुपर कार किनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?