पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

लोकपथ
117
Shares

काठमाडौं । आज (मंगलबार) दोस्रो दिन पनि नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी बैठक आज पनि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बसिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको छ । माओवादी केन्द्रले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?