दोलखा– विद्यालय उद्घाटन गर्न डाँकिएका उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी कार्यक्रममै आयोजकले उनैको हातबाट धर्म प्रचारका सामग्री वितरण गराएको छ।
जिल्लाको शैलुङ् गाउँपालिका ८ स्थित शैलुगेश्वरको भैंसेमा बिद्यालय भवन बनाएको ‘दयाका हातहरु’ नामक एउटा गैरसरकारी संस्थाले भवन उद्घाटन गर्न आमन्त्रण गरिएका उपराष्ट्रपतिकै हातबाट धर्म प्रचारका सामाग्री बालबालिकालाई वितरण गराएको हो।
नेपाली सेनाको हेलिकप्टरबाट आफ्नी श्रीमती, सुरक्षाकर्मी, माओवादीका एक स्थायी कमिटी सदस्य र एक टेलिभिजन प्रस्तोतासहित मंगलबार बिहान १२ बजे कार्यक्रमस्थल झरेलगतै उपराष्ट्रपति पुनले नवनिर्मित बिद्यालय भवनको उद्घाटन गरेका थिए। लगतै भवनसँगै बनाइएको मञ्चमा औपचारिक कार्यक्रम शुरु भएको थियो। कार्यक्रमको अध्यक्षता उक्त गैरसकारी संस्थाकै अध्यक्ष बेनीबहादुर कार्कीले गरे। स्वागतका लागि गाउँपालिका अध्यक्ष भरत दुलाललाई बोलाइयो। गाउँपालिकाको ८ नम्बर वडा भरीका बिद्यालयबाट बिद्यार्थीलाई कार्यक्रममा उतारिएको थियो, नागरिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया