काठमाडौं । एएफसी यू-२३ एसियन कप छनोटका लागि नेपाली यू-२३ टिम ताजिकिस्तान प्रस्थान गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टिम आज मंगलबार बिहान ताजिकिस्तान तर्फ प्रस्थान गरेको हो ।
छनोटका लागि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले आइतबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।
छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया