धरान । धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको पशुहाटबाट यो वर्षको दसैंमा सात करोड रूपैयाँ बराबरको खसीबोका कारोबार भएको छ। कोरोना महामारीका कारण धरानको पशुहाट असोज महिनामा मात्र खुलेको थियो।
असोजभरि सात हजार र दसैंमा तीन हजार खसीबोका बिक्री वितरण गर्दा सात करोडको कारोबार भएको समितिले जनाएको छ।
समितिका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार दसैंअघिको दुई हप्तामा दुई करोडको खसीबोका कारोबार भएको थियो। दसँंको मुखमा पाँच करोडको कारोबार भएको छ। धरानमा कोसी र मेची करिडोरका जिल्लाबाट खसीबोका बिक्रीका लागि किसानले ल्याउने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिए।
उदयपुर, धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा, पाँचथर, सुनसरी, मोरङलगायत जिल्लाबाट यहाँ खसीबोका बिक्रीका लागि ल्याइन्छ। धरानमा प्रत्येक शुक्रबार धरान–१३ स्थित हाट लाग्ने गरेको छ। किसानले बिहीबार नै खसीबोका ल्याउँछन्। शुक्रबार हाटमा बिक्री–वितरण हुन्छ। ‘पछिल्लो समय फर्म नै खोलेर बाख्रा पाल्नेको संख्या बढेसँगै खसीबोकाको उत्पादन पनि बढेको देखियो।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया