रुकुम : आठ वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका एक रुकुमेलीको अचानक निधन भएको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१४, तकसेराका २८ वर्षीय मरिचमान बुढामगरको निधन भएको हो ।
एक्कासि मुटुमा समस्या देखिएपछि अमेरिकास्थित बाल्टिमोरको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचार गर्दागर्दै उनको आइतबार बिहान निधन भएको अाफन्तले जानकारी दिए ।
मृतक बुढामगरको शव नेपाल ल्याउन समस्या हुने भएपछि अमेरिकामा नै अन्तिम संस्कार गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया