के-के छन् आज दिनभरका मुख्य समाचारहरु (भिडियोसहित)

लोकपथ
105
Shares

१.सोमबार नेपालमा कोरोनाका ५ सय ९१ जना नयाँ संक्रमित थपिए, ९ सय ३७ जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु ।

२.बागमति प्रदेशमा आजदेखि सार्वजनिक सवारी साधनको भाडा बढ्यो,काडमाडौं उपत्यकामा सार्वजनिक गाडी चढ्नासाथ अब न्यूनतम १८ रुपैया तिर्नुपर्ने ।

३.माओवादी केन्द्रको आज बसेको स्थायी कमिटि बैठकमा पार्टीको आगामी सम्मेलनबारे छलफल, प्रभावकारी सरकार संचालनका लागि छुट्टै कमिटि बनाइने ।

४.जनताको पक्षमा काम गर्ने मौका पाउँदा पनि केपी शर्मा ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेका शहरी बिवकास मन्त्री झाक्रीको आरोप, आफूले इमान्दार भएर जनताको पक्षमा काम गर्ने दाबी ।

५.नेकपा एमालेको यहि कात्तिक ६ गते देशभरका सबै वडामा अधिवेशन गर्ने तयारी,अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशन उद्घाटन गर्ने ।

६.सोमबार नुवाकोट र नवलपरासीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ९३ जना घाइते, दुर्घटनामा १ जनाको मृत्यु ।

७.सिन्धुपाल्चोकको फाङफुङ केन्द्रबिन्दू भएर सोमबार लगातार २ पटक भूकम्प गयो,२०७२ को बिनाशकारी भूकम्पपछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ५६० वटा पराकम्प गए ।

८.आज विजया दशमीको चैथो दिन,आफ्ना मान्यजनबाट टीका र जमराका साथै आशीर्वाद लिने क्रम जारी ।

९.लगानीयोग्य रकम नभएपछि आजबाट लागू हुनेगरी अधिकांश बैकहरुले फेरि निक्षेपको ब्याजदर बढाए,मुद्धतिमा ११ प्रतिशत नाघ्यो ब्याजदर ।
१०.बैकहरुले व्याजदर बढाएसँगै सोमबार नेपाली सेयर बजारमा पहिरो,नेप्से ६९दशमलव ५१ अंकले घट्दा २ अर्व ९६ करोडको सेयर कारोबार ।

११.भारतमा रहेको न्यून चापीय र पश्चिमि बायू प्रणालीका कारण नेपालमा अझै दुइ दिन विभिन्न स्थानमा वर्षाको संभावना, देशका केही भागमा हिमापात सहित भारी वर्षा हुनसक्ने ।

१२.धान पाकेको बेला बेमौसमी वर्षाले किसान समस्यामा,पाकेर काटेको धान बारीमै भिज्न थाल्यो ।

१३.म्यानमारको सैनिक सत्ताले जेलमा रहेका पाँच हजार भन्दा बढी प्रदर्शनकारीलाई रिहा गर्ने,यही अक्टोबर अन्त्यमा राष्ट्रिय पर्वको अवसरमा रिहाइ हुने ।

१४.अण्डर ट्वान्टी थ्री एशियन कप छनोट खेल्न नेपाली फुटबल टोली भोली ताजिकिस्तान जाँदै,कात्तिक ८ गते नेपालले इरानसँग समूह चरणको पहिलो खेल खेल्ने ।

१५.साफ च्याम्पियनसीप फूटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कियो, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत,उपविजेता खेलाडीलाई ५ लाख दिने सरकारको निर्णय ।

https://www.facebook.com/lokpath/videos/623942025305592

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?