काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा कार्तिकको तेस्रो साता ब्रिटेन जाने भएका छन् ।
प्रधानमन्त्री देउवा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
सोमबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय समेत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
प्रवक्ता कार्कीले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरुबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने’ ।
त्यसैगरी मन्त्रीपरिषद्को बैठकले लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरुमा नियुक्ति गर्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया