साफमा उपविजेता प्रत्येक खेलाडीलाई जनही ५ लाख दिने सरकारको निर्णय

लोकपथ
143
Shares

काठमाडौं । सरकारले हालै सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५/५ लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपविजेता सम्पूर्ण खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय गरेको हो । त्यसैगरी सरकारले प्रशिक्षकहरुलाई ३(३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पहिलोपटक नेपाल साफ च्याम्पियनसिपको फाइनलमा पुगेको थियो । माल्दिभ्समा सम्पन्न खेलमा नेपाल भारतसँग ३-० अन्तरले पराजित भएको थियो ।

साप च्याम्पियनमा उपविजेता टोली सोमबार (आज) नेपाल फर्किएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?