काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।
देशभर ९ हजार ६ सय ९७ जनाको कोरोना परीक्षण गर्दा सो परिणाममा संक्रमितहरु थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ५२३ जनाको पीसीआर र ६८ जनाको एन्टीजेन पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी देशभरबाट थप ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणको कारण ११ हजार २ सय ९३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै नेपालमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको हो ।
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणदरमा कमी आएसँगै सक्रिय संक्रमितको संख्यामा समेत कमि आएको छ । हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ७४ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया