एमाले बैठक स्थगित, ओलीलाई के भयो ?

काठमाडौँ- नेकपा (एमाले) को आज साँझ बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता प्रक्रियालगायतका विषयमा छलफलका लागि बोलाइएको सो बैठक साँझ ६ बजे बोलाइएकामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगन गर्नुभएको एमालेका सचिव योगेश भट्टराईले जानकारी दिए ।

गृह जिल्ला झापामा दुई दिनको व्यस्त कार्यक्रमबाट आजै काठमाडौँ आएका प्रधानमन्त्री ओलीलाई धपेडी महसुश भएपछि बैठक नबसेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?